दफा १७१
छोरा छोरी हुनेले धर्मपुत्र वा धर्मपुत्री राख्न नपाउने

(१) यस परिच्छेद बमोजिम छोरा हुनेले धर्मपुत्र र छोरी हुनेलेधर्मपुत्री राख्न पाउने छैन ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि न्यायिक पृथकीकरण गरी भिन्न बसेको महिला वा पुरुषसँग छोरा छोरी सँगैनबसेमा यस्ता पुरुष वा महिलाले धर्मपुत्र वा धर्मपुत्री राख्न पाउनेछन्।स्पष्टीकरण: यस परिच्छेद रयस भागको परिच्छेद–९ को प्रयोजनका लागि “न्यायिक पृथकीकरण” भन्नाले अदालतको आदेश बमोजिम अंशलिएको, कानून बमोजिम भिन्न बसेको वा मानो छुट्टिएको अवस्था सम्झनुपर्छ ।
(३) उपदफा (१) वा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि आफ्ना छोरा वा छोरी हुने कुनै व्यक्तिले अन्य बालबालिकालाईपालनपोषण, स्वास्थ्य, शिक्षा तथा हेरचाहका व्यवस्था गर्न सक्ने आर्थिक हैसियत खुलाई धर्मपुत्र वा धर्मपुत्रीराख्नको लागि सम्बन्धित जिल्ला अदालतमा निवेदन दिएमा र त्यस्तो निवेदन जाँचबुझ गर्दा निवेदकमा त्यस्तो हैसियत रहेको देखिएमाअदालतले निवेदकलाई धर्मपुत्र वा धर्मपुत्री राख्न अनुमति दिन सक्नेछ ।